महत्वपूर्ण प्रश्नहरू

१. “बेपार” भनेकाे के हाे ?

  • बेपार हाम्राे देवनागरी शव्द “व्यापार” बाट अनुवादित भएकाे हाे, र यसलाई अंग्रेजीमा “Business” भनिन्छ ।

२. बेपार.कम ले के गर्छ ?

  • बेपार.कम एउटा ईन्टरनेटबाट चल्ने वेव-एप्लिकेशन हाे । तपाईले यसकाे प्रयाेग गरेर जुनसुकैबेला कुनैपनि कामकाेलागि, हामीसँग भएका विभिन्न खाले गाडी, अनलाइन बुकिङ गर्न सक्नुहुनेछ ।

३. तपाईहरुसँग कस्ता किसिमका गाडीहरू छन् ?

  • हामीले गाडीहरूलाई, त्यस्काे प्रयाेगकाे अाधारमा तीन किसिमले विभाजन गरेका छाैंः
    • “प्यासेन्जर गाडी” हरूकाे प्रयाेग गरेर तपाईले अाफ्नाे परिवार-मित्रसँग घुमफिर वा अफिस-परपस बुकिङ गर्नसक्नु हुनेछ ।
    • “पिकअप गाडी” काे प्रयाेग गरेर तपाईसँग भएकाे सामान ढुवानी गर्न-गराउन सक्नुहुनेछ ।
    • “दुई-पाङग्रे गाडी” हरू एकल मान्छेकाेलागि अावश्यक पर्न सक्छ; तीनीहरूले छिटाे, सस्ताेमा कामकाेलागि प्रयाेग गर्न सक्नेछन् ।
  • हामीले दिने गाडीहरूकाे बारेमा अझै बुझ्न कृपया हाम्राे सेवाहरू पृष्ठ हर्नुहाेस् । 

४. गाडी कुन-कुन ठाउँबाट बुकिङ गर्न सकिन्छ ?

  • तपाईले गाडी देशभर, जुनसुकै ठाउँबाट बुकिङ गर्नसक्नु हुनेछ । हामीले नजिककाे बाेर्डर-एरीया र भारत भ्रमणकाेलागि पनि गाडी दिने गरेकाछाै ।

५. गाडी कसरी बुकिङ गर्ने ?

  • गाडी बुकिङ गर्न, हामीले छाेटाे 4-steps बुकिङ प्राेसेस ल्याएकाछाैं । पहिलाे चरणमा, तपाईले अाफु जानलागेकाे ठाउँ र चढ्ने ठेगाना दिनुपर्ने हुन्छ । अर्काे चरणमा, विभिन्न गाडीहरू मध्ये तपाईले चाहेकाे गाडी राेज्नु पर्नेहुन्छ । गाडीकाे किसिमसँगै भाडाकाे पनि अन्तर तपाईले देख्नुहुनेछ । त्यसपछि, तेश्राे चरणमा अाफ्नाे माेबाईल नम्बर लगायत अन्य विवरण भर्नुपर्ने हुन्छ । त्यसैसाथ तपाईकाे माेबाइलमा कन्फर्मेसन काेड अाउँछ । त्याे काेड, हाम्राे चाैथाे चरणमा राख्नासाथ तपाईकाे बुकिङ कन्फर्म हन्छ ।
  • बुकिङ कसरी गर्नेबारे तपाई हाम्राे भिडियाे वा याे पृष्ठ पढ्न सक्नुहुनेछ ।

६. मुल्यदर कसरी राखिएकाे छ वा क्याल्कुलेट गरिन्छ ?

  • हामीले हरेक भ्रमणमा लाग्नजाने समय र त्यसकाे दुरी, दुबै कुरालाई अाधार बनाएकाछाै र त्यसैबाट मुल्य क्याल्कुलेट गर्ने अल्गाेरिदम(हिसाब) निकालेकाछाै । हाम्राे अल्गाेरिदमले, नेपारभरकाे विभिन्न किसिमका बाटाेलाई बुझी स्मार्ट तरिकाले मुल्य निर्धारण गदर्छ । तपाईकाे ठेगाना, जानलागेकाे ठाउँ र गाडीकाे किसिमाकाे अाधारमा मुल्यदर फरक-फरक देखिनेछ ।

७. भाडा कसरी, कतिबेला तिर्ने ?

  • हामीले अहिले, सेवापछि मात्र पैसा लिने गरेकाछाैं र छिटै अनलाइन पेएमेन्टकाे सुविधा पनि लागु गर्नेछाैं । चिन्ता नलिनुहाेस्, “अनलाइन पेएमेन्ट” काे अपसन सँग-सँगै तपाईले “पेएमेन्ट अाफटर सर्भिस” पनि चुज गर्न सक्नुहुनेछ ।

८. भाडा बाहेक अन्य कुनै सेवा वापत शुल्क लाग्छ त ?

  • त्यस्तकाे कुनै लुकेका शुल्कहरू छनै, तर गाडी चढ्न ढिलाे वा सफरमा ढिलाई भएमा वेटिङ टाइमलाई ध्यान राखेर कम्पनीकाे नियम अनुसार अतिरिक्त शुल्क लाग्नेछ ।
  • मुल्य लगायत अन्य थप जानकारीका लागी, कृपया मुल्यदर पृष्ठ पढ्नुहाेस् ।

९. स्पेशल प्याकेजहरू भनेर केके राख्नुभएकाे छ ?

  • मान्छेले मनपराएका र बारम्बार घुमि रहेका ठाउँलाई ध्यानमा राखि, स्पेशल प्याकेजहरू ल्याएकाछाैं । यस अर्न्तगत, छाेटाे-छरिताे बुकिङ जस्तै एरपाेर्ट पिकअप र ड्रप, धार्मिक भ्रमण र नजिकैकाे बाेर्डर पिकअप-ड्रपजस्ता अन्य धेरै प्याकेजहरू छन् ।
  • प्याकेजबारे विस्तृत जानकारी लिनलाई, स्पेशल प्याकेजज पृष्ठ हेर्नुहाेस् ।

१०. माेटरसाईकल र साईकल कसरी भाडामा दिनुहुन्छ ?

  • यी गाडीहरू तपाईले हाम्राे अफिसमा अाएर अाफै लग्नुपर्ने हुन्छ । साथै, गाडी दिनुपुर्व हामी तपाईकाे नागरिक्ता अथवा पासपाेर्ट लिई, तपाईसँग एउटा मन्जुरीनामा हस्ताक्षर गराउँछाैं ।
  • सर्त लगायत अन्य जानकारी, तपाईले यहाँ पाउनुहुनेछ ।

११. बेपार.कम माेबाइलमा कसरी खाेल्ने ?

  • बेपार.कम लाई तपाईले अङग्रेजीमा Baypaar.com टाइप गर्नुपर्ने हुन्छ । अाफ्नमाे माेबाइलकाे जुकसुकै ब्राउजर एप (जस्तैः अाेपरा-मिनि, क्राेम, यू.सी.ब्राउजर) बाट सजिलैसँग बेपार.कम खाेल्न सक्नुहुनेछ । हामीले छिटै अाफ्नाे पनि एप लन्च गर्न लागेकाछाै ।

११. क्यान्सलेसन गर्ने नियम कस्ताे रहेकाे छ ?

  • बुकिङ क्यान्सल सजिलाे छ र त्यसकाेलागि समयभन्दा १ घण्टा पूर्व जानकारी गराउनु पर्दछ । 
  • त्यस अतिरिक्त ढिलाे भएकाे खण्डमा, क्यान्सलेसन चार्ज लाग्नेछ, थप जानकारी यहाँ उल्लेख गरिएकाेछ ।

यस अन्तर्गत केहि प्रश्न वा अझै जानकारी लिन चाहेमा हामीलाई हाम्राे सम्पर्क ठेगाना मा सम्पर्क गर्नुहाेस् ।