बुकिङ कसरी गर्ने

 

        बेपार एउटा अनलाइन सेवा हो र हामीले यसलाई सकेसम्म ग्राहकवर्गले सजिलै प्रयोग गर्न पाउँ उदेश्यले बनाएका छौ । तपाईले यसलाई सजिलै ढङ्गले प्रयोग गर्नलाई तल उल्लेखित बूकिंङ्ग स्टेप्स अनुसार जानुहोस् ।

 

१. हाम्रो गृह पृष्ठ वा बुकिङ गर्नुहाेस् पृष्ठमा जानुहोस्, अनि जान चाहेकाे ठाउँ र कहाँ बाट जान खोज्नु भएको त्यस ठाउँको विवरण राखी स्टार्ट बुकिङ्गमा थिच्नुहोस   :

Snapshot_1

२. त्यस पछि एउटा नया पृष्ठ खुल्ने छ र त्यहाँ जम्मा दुरी र गन्तव्य पुग्न लगिने समय सहित नक्सा पनि देख्न सक्नु हुनेछ | 

screenshot_2

 

३ . अर्को पृष्ठमा तपाइले बुक गर्न खोजेको सबारी साधनको प्रकारहरु मध्ये कुनै एउटा छान्न सक्नु हुनेछ, छान्न बितिकै रकम तपाईको स्क्रिनमा देखिनेछ |

 

screenshot_4

 

४ . अगाडी बढ्न साथ एउटा विवरण भरिने पृष्ठ खुल्ने छ, जहाँ तपाईले आफ्नो र यात्रा बारे समुर्ण जानकारी भर्न सक्नु हुनेछ, यसको साथमा  मोबाइल नम्बर अनिवार्य रुपमा भर्नुपर्ने हुन्छ |  

screenshot_5

५ . सम्पूर्ण विवरण भरीसके पश्चात तपाईको स्क्रीनमा तल फोटोमा देखाईएझैँ सेवाका सर्तहरु आउने छन् र तपाईले स्वीकार गरे पछि मात्र बुकिङ आगाडी बढाइने छ अन्यथा रद गरिनेछ |

screenshot_6

 

६ . त्यस पछिको पृष्ठमा तपाईले प्रदान गरेको मोबाइल नम्बर, बाट SMS कोड राख्नु पर्ने हुन्छ र बुक गर्नुहोस् बटनमा क्लिक गर्नु पर्ने हुन्छ|

 

screenshot_7   

७ . अन्ततः तपाइको बुकिंग कन्फर्म हुनेछ |

       screenshot_8

 

 


तपाइले हाम्रो  Youtube Video बाट पनि बुकिङ गर्ने जानकारी लिन सक्नु हुनेछ |


यदि तपाईलाइ बुकिङ गर्दा कुनै किसिमको कठिनाई वा समस्या आएमा हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ |