जनकपुरधाम बाट धार्मिक भ्रमण

Your route covers (approximately):
Total Distance: 90 कि.मि.
Total Duration: 7 घन्टा

हाम्रो भ्रमणको जनकपुरको पावन धार्मिक नगरी बाट सुरु हुनेछ र सर्वप्रथम हामी जानकी मन्दिर र विवाह मण्डपको भ्रमण  गर्ने छौ |त्यस पछि यहाँ अवस्थित विभिन्न पोखरी र एतिहासिक ठाउँहरुको अवलोकन गर्ने छौ | त्यस पछि हामी धनुषाधामको लागी प्रस्थान गर्ने छौ र त्यहाँ अवस्थित पवित्र मन्दिरको दर्शन गर्ने छौ | त्यस पछिको यात्रा क्षिरेश्वरनाथ महादेवको हुनेछ | क्षिरेश्वरनाथ दर्शन पश्चात हामी जनकपुरमा आएर खाना खाने उदेश्यले केहि वेर विश्राम गर्ने छौ | अन्तत: हामी जलेश्वरको लागि प्रस्थान गर्ने छौ र त्यहाँको जलेश्वरनाथ बाबाको दर्शन गरी पुन: जनकपुर पुग्ने छौ | यदी हामी संग अझ केहि समय बाँकी रहेको छ भने जनकपुर नगरीको थप विशेषता जानने प्रयास गर्ने छौ |

यो टुर विहान ९:०० बजे देखि सुरु हुनेछ र दिउसो  ४:०० बजे सम्ममा सकिने छ , अर्थात जम्मा ७ घण्टाको भ्रमण हुनेछ|

टुर रुट :

जनकपुरधाम – धनुषाधाम  – क्षिरेशवरनाथ महादेव – जलेश्वर महादेव – जनकपुर