सर्तहरू

१. परिचय 

baypaar.com बाट प्राप्त हुने सम्पूर्ण सेवाहरुको नियम र सर्तहरु यहाँ उल्लेखित बमोजिम हुनेछन |कृपया यहाँ उल्लेखित विषयहरु ध्यान पुर्वक पढ्नु होला किनकी यसले नै baypaar बाट प्राप्त हुने सम्पूर्ण सेवा र सुविधा तय हुनेछन | यस विधुतीय च्यानल माध्यमवाट कुनै पनि सेवा लिनु भन्दा पहिला तपाइले यसको नियम र सर्तहरु मान्नु र अबगत हुनु पर्छ | तपाइले Book Now थिचे पक्षी यस विधुतीय च्यानल माध्यमवाट सेवा लिनु भन्दा पहिला तपाइले यसको नियम र सर्तहरु मान्नु  र पढ्नु भएको बुझिनेछ |

२. परिभाषा :

तल उल्लेखित शब्दहरुको निम्न बमोजिमको अर्थ लाग्नेछ |

  • “सुचना ” भनेको baypaar.com बाट प्रकाशित सूचना ,  वेबसाइट चलाउने ,सेवा प्रदायक र प्रयोगकर्ता लागि हुनेछ |
  • “सेवा ” भनेको कनै पनि अहिले वा पहिलेको यस वेबसाइट बाट संचालित भएको वा गरिएको |
  • “नियम र सर्तहरु” भनेको  नियम र सर्तहरु यस वेबसाइट मा उल्लेख भएको र प्रयोग गर्न पालना गर्नुपर्ने |
  • “प्रयोगकर्ता ” भनेको कुनै पनि व्यक्ति वा विशेस जसले यस वेबसाइलाइ प्रयोग गर्ने छ |

३ . योग्यता

 यहाँबाट उपलब्ध सेवा प्रोयोग गर्न तपाई कमसे कम १८ वा सो भन्दा बढी उमेरको हुनुपर्छ |

४. नियमहरु :

प्रयोगका शर्तहरु :

  • तपाइले प्रोयोग गर्न उल्लेख गरिएको प्रोयोजन एकदमै ठिक हुनुपर्छ ।
  • कुनैपनि अनैतिक गतिविधिका लागि हाम्रो सेवा प्रोयोग गर्न पाइने छैन । पाइएमा ग्राहकले स्वयंम जिमेवार हुनु पर्छ ।
  • प्राएभेट वा रिजर्भ बुकिंग:
    • पिक- अप समय मा ढिलाई भएमा वा अतिरिक्त कुर्नु पर्ने अवस्थामा ग्राहकलाइ घण्टाको दरले शुल्क लाग्ने छ ।
    • एक घण्टा अगाडी नै रद्द गर्ने सूचना नदिएमा रद्द गर्ने शुल्क लागिने छ ।
  • घण्टा वा दैनिकी बुकिंग गर्ने सन्दर्भमा :
    • संचालन शुल्क जस्तै : इन्धन र मर्मत खर्च ग्राहकले आफै बेहोर्नु पर्नेछ । 
    • रा‍त्रीवासको खण्डमा , चालक भत्ता (वास र खानाको) वन्दोवस्त ग्राहकले गरिदिनु पर्ने हुन्छ ।
    • रात्री ९ बजे पश्चात वा पुरा राती  बस्नुपर्ने अवस्थामा थप रु . १००० चार पांग्रे सवारीको हकमा र रु.१०० दुइ पांग्रे  सवारीको खण्डमा तिर्नु पर्ने हुन्छ । 
    • त्यस्तै प्रति ५०० कि.मि. मा, चार पांग्रे सवारी साधनको लागि रू.१००० र दुई पांग्रे सवारीलाई रू.१०० शुल्क थप गरिनेछ र अर्को दिनको बिलिंग पुन: ७ बजे बिहानदेखि सुरु हुनेछ ।
    • अन्तत: जहाँबाट बुकिङ भएकाे छ, त्यहिँ पुन: पुग्न जति समय लाग्छ, त्याे सम्पूर्ण जाेडेर बिलिंगकाे हिसाब लिइनेछ ।
  • साइकल वा मोटर साइकल बुकिंग गरेको खण्डमा, सवारी लिने र पुर्याउने दुवै कार्य आफिस स्थानबाट हुनेछन । कृपया आफ्नो नागरिकता वा राहदानीको सक्कल प्रमाणपत्र लिएर कार्यालयमा उपस्थित हुनु होला ।
  • ग्राहकले सावारी लिएको खण्डमा सम्पूर्ण जिमेवारी उसैको हुनेछ ।
  • हामीसंग बुकिंग रद्द गर्ने सम्पूर्ण अधिकार रहने छ र तपाइले रद्द भएको खण्डमा जानकारी पाउनु हुनेछ ।

प्रमाणित कागजात/पत्र: 

  • सेवा प्रदायकका पेश गरिने सम्पूर्ण कागजात सक्कल र नेपाल सरकारको नियम कानुन बमोजिम हुनु पर्ने छ |
  • ग्राहकले सवारी लिन पेश गर्ने सबै प्रमाण पत्र सक्कल र मान्य हुनुपर्ने छ |

सवारी दुर्घटनाको खण्डमा:

  • Baypaar ले घटना भएको  खण्डमा कुनै किसिमको जिमेवारी लिने छैन | 
  • सवारी धनिले कानुनी प्रक्रियामा सहयोग गर्नुपर्ने हुन्छ |

गैरकानुनी प्रयोग गरेको खण्डमा:

  • Baypaar ले कुनै किसिमको गैर कानुनी कार्यको लागी प्रोत्साहनव वा सेवा दिने छैन र त्यसो भएमा ग्राहकले सम्पूर्ण जिमेवारी लिनु पर्ने हुन्छ |. कुनै अनैतिक कार्यमा सेवाको प्रोयोग गर्ने संलगन व्यक्तिलाइ नेपाल सरकारको कानुन अनुसारको सजाय भोग्नु पर्ने हुन्छ |

रद्द गर्ने नीति :

  • ग्राहकवर्गले बुकिंग  रद्द कम से कम पिक-अप समय भन्दा एक घन्टा अगावै गर्नुपर्ने हुन्छ |यसका लागी सम्पर्क पृष्ठमा जानकारी दिन सकिने छ वा सिधै हाम्रो नंबर मा फोन गर्न सक्नु हुने छ |
  • हामी आफ्ना ग्राहक लाइ सेवा दिन सधै तयार छौ तर कुनै कारण वस सेवा न दिने सकेमा कुनै पनि वेला baypaar.com लाइ बुकिंग रद्द गर्ने सम्पूर्ण अधिकार रहने छ |

5.परिवर्तन गर्नुपर्ने भएमा :

यहाँ उल्लेखित सेवा एबम शर्तहरु परिवर्तन गर्नुपरेमा , सम्पूर्ण अधिकार हाम्रो हुनेछ र त्यस बारे जानकारी यस वेबसाइट मार्फत एक दिन सम्म सुचना प्रकशित गरी दिइनेछ |