१. परिचय
baypaar.com बाट प्राप्त हुने सम्पूर्ण सेवाहरुको नियम र सर्तहरु यहाँ उल्लेखित बमोजिम हुनेछन |कृपया यहाँ उल्लेखित विषयहरु ध्यान पुर्वक पढ्नु होला किनकी यसले नै baypaar बाट प्राप्त हुने सम्पूर्ण सेवा र सुविधा तय हुनेछन | यस विधुतीय च्यानल माध्यमवाट कुनै पनि सेवा लिनु भन्दा पहिला तपाइले यसको नियम र सर्तहरु मान्नु र अबगत हुनु पर्छ | तपाइले Book Now थिचे पक्षी यस विधुतीय च्यानल माध्यमवाट सेवा लिनु भन्दा पहिला तपाइले यसको नियम र सर्तहरु मान्नु र पढ्नु भएको बुझिनेछ |
२. परिभाषा :
तल उल्लेखित शब्दहरुको निम्न बमोजिमको अर्थ लाग्नेछ |
- “सुचना ” भनेको baypaar.com बाट प्रकाशित सूचना , वेबसाइट चलाउने ,सेवा प्रदायक र प्रयोगकर्ता लागि हुनेछ |
- “सेवा ” भनेको कनै पनि अहिले वा पहिलेको यस वेबसाइट बाट संचालित भएको वा गरिएको |
- “नियम र सर्तहरु” भनेको नियम र सर्तहरु यस वेबसाइट मा उल्लेख भएको र प्रयोग गर्न पालना गर्नुपर्ने |
- “प्रयोगकर्ता ” भनेको कुनै पनि व्यक्ति वा विशेस जसले यस वेबसाइलाइ प्रयोग गर्ने छ |
३ . योग्यता
यहाँबाट उपलब्ध सेवा प्रोयोग गर्न तपाई कमसे कम १८ वा सो भन्दा बढी उमेरको हुनुपर्छ |
४. नियमहरु :
प्रयोगका शर्तहरु :
- तपाइले प्रोयोग गर्न उल्लेख गरिएको प्रोयोजन एकदमै ठिक हुनुपर्छ ।
- कुनैपनि अनैतिक गतिविधिका लागि हाम्रो सेवा प्रोयोग गर्न पाइने छैन । पाइएमा ग्राहकले स्वयंम जिमेवार हुनु पर्छ ।
- प्राएभेट वा रिजर्भ बुकिंग:
- पिक- अप समय मा ढिलाई भएमा वा अतिरिक्त कुर्नु पर्ने अवस्थामा ग्राहकलाइ घण्टाको दरले शुल्क लाग्ने छ ।
- एक घण्टा अगाडी नै रद्द गर्ने सूचना नदिएमा रद्द गर्ने शुल्क लागिने छ ।
- घण्टा वा दैनिकी बुकिंग गर्ने सन्दर्भमा :
- संचालन शुल्क जस्तै : इन्धन र मर्मत खर्च ग्राहकले आफै बेहोर्नु पर्नेछ ।
- रात्रीवासको खण्डमा , चालक भत्ता (वास र खानाको) वन्दोवस्त ग्राहकले गरिदिनु पर्ने हुन्छ ।
- रात्री ९ बजे पश्चात वा पुरा राती बस्नुपर्ने अवस्थामा थप रु . १००० चार पांग्रे सवारीको हकमा र रु.१०० दुइ पांग्रे सवारीको खण्डमा तिर्नु पर्ने हुन्छ ।
- त्यस्तै प्रति ५०० कि.मि. मा, चार पांग्रे सवारी साधनको लागि रू.१००० र दुई पांग्रे सवारीलाई रू.१०० शुल्क थप गरिनेछ र अर्को दिनको बिलिंग पुन: ७ बजे बिहानदेखि सुरु हुनेछ ।
- अन्तत: जहाँबाट बुकिङ भएकाे छ, त्यहिँ पुन: पुग्न जति समय लाग्छ, त्याे सम्पूर्ण जाेडेर बिलिंगकाे हिसाब लिइनेछ ।
- साइकल वा मोटर साइकल बुकिंग गरेको खण्डमा, सवारी लिने र पुर्याउने दुवै कार्य आफिस स्थानबाट हुनेछन । कृपया आफ्नो नागरिकता वा राहदानीको सक्कल प्रमाणपत्र लिएर कार्यालयमा उपस्थित हुनु होला ।
- ग्राहकले सावारी लिएको खण्डमा सम्पूर्ण जिमेवारी उसैको हुनेछ ।
- हामीसंग बुकिंग रद्द गर्ने सम्पूर्ण अधिकार रहने छ र तपाइले रद्द भएको खण्डमा जानकारी पाउनु हुनेछ ।
प्रमाणित कागजात/पत्र:
- सेवा प्रदायकका पेश गरिने सम्पूर्ण कागजात सक्कल र नेपाल सरकारको नियम कानुन बमोजिम हुनु पर्ने छ |
- ग्राहकले सवारी लिन पेश गर्ने सबै प्रमाण पत्र सक्कल र मान्य हुनुपर्ने छ |
सवारी दुर्घटनाको खण्डमा:
- Baypaar ले घटना भएको खण्डमा कुनै किसिमको जिमेवारी लिने छैन |
- सवारी धनिले कानुनी प्रक्रियामा सहयोग गर्नुपर्ने हुन्छ |
गैरकानुनी प्रयोग गरेको खण्डमा:
- Baypaar ले कुनै किसिमको गैर कानुनी कार्यको लागी प्रोत्साहनव वा सेवा दिने छैन र त्यसो भएमा ग्राहकले सम्पूर्ण जिमेवारी लिनु पर्ने हुन्छ |. कुनै अनैतिक कार्यमा सेवाको प्रोयोग गर्ने संलगन व्यक्तिलाइ नेपाल सरकारको कानुन अनुसारको सजाय भोग्नु पर्ने हुन्छ |
रद्द गर्ने नीति :
- ग्राहकवर्गले बुकिंग रद्द कम से कम पिक-अप समय भन्दा एक घन्टा अगावै गर्नुपर्ने हुन्छ |यसका लागी सम्पर्क पृष्ठमा जानकारी दिन सकिने छ वा सिधै हाम्रो नंबर मा फोन गर्न सक्नु हुने छ |
- हामी आफ्ना ग्राहक लाइ सेवा दिन सधै तयार छौ तर कुनै कारण वस सेवा न दिने सकेमा कुनै पनि वेला baypaar.com लाइ बुकिंग रद्द गर्ने सम्पूर्ण अधिकार रहने छ |
5.परिवर्तन गर्नुपर्ने भएमा :
यहाँ उल्लेखित सेवा एबम शर्तहरु परिवर्तन गर्नुपरेमा , सम्पूर्ण अधिकार हाम्रो हुनेछ र त्यस बारे जानकारी यस वेबसाइट मार्फत एक दिन सम्म सुचना प्रकशित गरी दिइनेछ |