मुल्यदर

        हाम्रो मूल्यदर पृष्ठमा तपाइलाई स्वागत छ । हामी तपाईलाई सस्तो र सरल मुल्यमा सवारी-साधन दिन प्रतिवद्ध छौं । मूल्यका दरहरु सवारी साधन अनुसार वर्गीकरण गरिएको छ ।

निजि बुकिंङ्ग :

       निजि बुकिङ्ग अर्थात केहि घण्टा वा केहि दिन लाई सवारी साधनको प्रकार रोजी, मूल्य सिस्टमले तोकेको अनुसार बुकिंङ्ग गर्न सक्नु हुनेछ ।  

स्पेसल कार्यका लागी बुकिंङ्ग :

       यस अन्त्तर्गत तपाईले विवाह शादी वा स्पेसल कार्यका लागी अर्डर अनुसार बुकिङ्ग गर्न सक्नु हुनेछ । यसको लागी तपाइले हाम्रो सम्पर्क पृष्ठ मार्फत वा सिधै टेलिफोन सम्पर्कबाट आफ्नो आवश्यकताको जानकारी दिन सक्नु हुनेछ । त्यस पश्चात, हामी उचित मूल्य र सेवाका साथ हाजिर हुनेछौं |  

सिमित/ रिजर्भ बुकिंङ्ग:

      तपाईलाई चाहिएको सवारी साधन बुक गर्दा निम्न अनुसारका दरहरु लागु हुनेछ । ग्राहकको सुबिधा अनुसार घण्टामा बुक गर्दा र दैनिकी बुक गर्दा छुटा छुटै मुल्य निर्धारण गरिएको छ । यो दरहरु केवल सिमित दुरी र रिजर्भ बुकिंङ्गका लागी तय गरिएको छ, स्पेस्ल बुकिङ्ग अर्थात् विवाह वा शादीको जस्ता कार्यको लागी लाग्नु हुने छैन |

यातायात वर्गीकरण  सवारीको प्रकार  न्यूननतम मूल्य   (रु.)   प्रति घण्टा      (रु .) दैनिकी दर (रु.) माइलेज  (कि.मि.प्र.लि.)
पैसेंजर  टाटा सुमो गोल्ड  ५००  ४५०  ३०००  ११
महिन्द्रा कवानटो  ८००  ५५०  ३५००  ११
महिन्द्रा बोलेरो  ५००  ४५०  ३०००  ११
महिन्द्रा स्कोरपियो  ८००  ५००  ३५००  १०
टाेयाेटा हाइएस १००० ७०० ६०००
इ- रिक्शा  १००  २५०  १२०० 
पिक-अप  महिन्द्रा बोलेरो पिक-अप  ८००  ४००  २५००  १०
टाटा ४०७ १००० ५०० ४०००
इ- रिक्शा  १००  २५०  १२०० 
ट्राकटर  १०००  ४००  २५०० 
दुइ-पांग्रे  बजाज अभेन्जर २२०   १००  ८०  ६००  ३०
बजाज पल्सर १५० १०० ७० ५०० ४०
बजाज डिस्कभर १२५  १००  ६५ ४५०  ५५
हिरो आइ- स्मार्ट  १००  ६०  ४००  ५५
साइकल  २५  २०   १०० 
  • मुल्य कसरी क्यालकुलेट गरिन्छ ?

       शुरुमा हामीले प्रति घण्टाको हिसाबले चार्ज गर्नेछौ र यदि मूल्य दैनिकी मूल्य भन्दा बढी भयाे भने, हामी दैनिकी, माथिकाे मूल्य सूचीमा तोके बमोजिम चार्ज लिने छौ | तपाईले सवारी साधन बुकिङ्ग गर्दा पहिलो चार्ज भनेको न्यूननतम शुल्क बेहोर्नु पर्नेछ, तर न्यूनतम् शुल्क नाघे पछि घण्टा वा दैनिकी जुन चाही सस्तो पर्न जान्छ त्यहि बमोजिम पेमेन्ट गर्नु पर्ने हुनेछ । र अत्यन्त बुझ्नुपर्ने कुरा, जहाँबाट बुकिङ गर्नुभएकाे हाे, त्यहिँ पुन: पुग्न जति समय लाग्छ, त्याे सम्पूर्ण जाेडेर बिलिंगकाे हिसाब लिइनेछ ।

उदहारणका लागि :

हिरो आइ- स्मार्ट बुक गर्दा :

१ घण्टाको  लागी भाडामा लिदा = न्यूननतम शुल्क रू. १०० लागनेछ   

२  घण्टाको  लागी भाडामा लिदा= २  * प्रति घण्टा शुल्क  (अर्थात् ६० ) = रू.१२० 

३  घण्टाको  लागी भाडामा लिदा = ३ * ६०  =रू.१८०

तर, 

७ वा बढी घण्टाको  लागी भाडामा लिदा = ७ *६० = ४२०  रू.४०० (हाम्रो दैनिकि बमोजिमको शुल्क )

अर्थात्, यदि तपाईले हाम्रो मोटरसाइकल ८ बजे बिहान लग्नुभयो र २ घन्टामा ल्यानुभयो भने जम्मा  रु. १२० तिरे पुग्छ र यदि पुरै दिन खर्चिनु भयो भने हाम्रो दैनिकि शुल्क अनुसार रु.४०० तिर्नुपर्ने हुन्छ ।

  1. गाडी लग्दा इन्धनको शुल्क र केहि समस्या आएमा मर्मत शुल्क ग्राहकले आफै बेहोर्नुपर्ने हुनेछ ।
  2. यदि रात्रीवास गर्नु परेमा, चालकको खाना र सुत्ने व्यवस्था मिलाई दिनु पर्नेछ ।
  3. राती ९ बजे पछि वा पुरै रात बिताउनु पर्दा, चार पांग्रे सवारी साधनको लागि रू.१००० र दुइ पांग्रे सवारीलाई रू.१०० शुल्क थप गरिनेछ र अर्को दिनको बिलिंग पुन: ७ बजे विहानदेखि सुरु हुनेछ ।
  4. त्यस्तै प्रति ५०० कि.मि. मा, चार पांग्रे सवारी साधनको लागि रू.१००० र दुई पांग्रे सवारीलाई रू.१०० शुल्क थप गरिनेछ र अर्को दिनको बिलिंग पुन: ७ बजे बिहानदेखि सुरु हुनेछ ।

 

अतिरिक्त शुल्कहरु :

हामीले कुनै किसिमको अनावस्यक वा थाहा नपाउने गरी शुल्क राखेका छैनौ | तर परिस्थिति अनुसार निमन वेलामा ग्राहकले अतिरिक्त शुल्क वेहोर्नु पर्ने हुनेछ ।

१.  कुर्नुपर्ने आबस्थामा लागिने शुल्क : कुर्नुपर्ने समय अर्थात Wait time , तपाइले यात्रा शुरु गर्ने भनेको समयमा  केहि गरी ढीलाई भएमा वा तपाइको कारणले गर्दा  यात्रा गरिरहेको वेला ढिला हुन गएमा अतिरिक्त शुल्क तिर्नु पर्ने हुन् सक्छ | यस्तो अवस्थामा ग्राहक वर्गले घण्टाको हिसाबले शुल्क लिईनेछ ।

२.   जानुपर्ने स्थान परिवर्तन गर्दाको शुलक : हुन त यस्तो अवस्था कमै आउलान तर आइपरेमा फेरी हाम्रो सिस्टमबाट मूल्य निर्धारण गरिनेछ ।

बुकिङ्ग रद्द गर्ने नियम :

ग्राहकले आफ्नो बुकिंङ्ग रद्द गर्नलाई कम्तिमा एक घण्टा बुकिंङ्ग टाईम अगाडी नै खबर गर्नुपर्ने हुन्छ । रद्द गर्न आफ्नो अकाउंट वा सिधै हाम्रो नंबरमा सम्पर्क गरी गर्न सकिनेछ ।

  •  रद्द गर्ने शुल्क भनेको बुकिंङ्ग गर्दा लागिने न्युनतम् दस्तुर नै तय गरिएको छ ।
  •  हामी ग्राहकको अवश्यकता बमोजिम काम गर्ने छौ तर केहि गरी बुकिंङ्ग रद्द गर्नु पर्दा सम्पूर्ण अधिकार baypaar.com कै हुनेछ र त्यस्तो अवस्थामा ग्राहक लाई SMS बाट जानकारी गराईनेछ ।

* यहाँ उल्लेखित  मूल्यका  दरहरु कुनै  पनि वेला परिवर्तन  गर्न सकिने छ  र  त्यसको  सम्पूर्ण  अधिकार  Bayppar.com को हुनेछ ।